देशभर मनसुनी वायुको प्रभाव, अधिकांश स्थानमा पानी पर्ने

देशभर मनसुनी वायुको प्रभाव, अधिकांश स्थानमा पानी पर्ने

शनिवार, असार १५ २०८१
शनिवार, असार १५ २०८१
  • images
    images
    देशभर मनसुनी वायुको प्रभाव, अधिकांश स्थानमा पानी पर्ने

    काठमाडौँ / आज शनिबार असार १५ गते देशभर हाल मनसुनी वायुको प्रभाव देखिन्छ । देशका विभिन्न क्षेत्रमा बदली हुनुका साथै पानी परिरहेको छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। 

    लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा  बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार