बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

शनिवार, असार १५ २०८१
शनिवार, असार १५ २०८१
  • images
    images
    बुद्ध एयरले भित्र्यायो एटीआर जहाज

    निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । 

    योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ । 

    कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । 

    बुद्ध एयरले अहिले आन्तरिकतर्फ एक सय ५० भन्दा बढी उडान भरिरहेको छ । 

    अन्तर्राष्ट्रियतर्फ काठमाडौँबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ । कम्पनीले पोखरा, चितवन, भैरहवा तथा नेपालगञ्जबाट पनि उडान भर्दै आएको छ।


    आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।  उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।
         
    बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । 

    हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो । बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त  गरे ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार