टी–२० विश्वकपको उपाधि भारतलाई, रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

टी–२० विश्वकपको उपाधि भारतलाई, रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    टी–२० विश्वकपको उपाधि भारतलाई, रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

    रोहित शर्माको भारतीय टोलीले  दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ । 

    सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो ।

    जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृष्य मनमोहक देखिन्थे । 

    भारतले पछिल्लो पटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह (एमएस) धोनीको कप्तानीमा विश्वकप जितेको थियो । धोनीले सन् २००७ मा पहिलो संस्करणमा टिमलाई टी–२० विश्वकपको ट्रफी दिलाउनुभएको थियो । 

    स्टार ब्याट्सम्यान विराट कोहलीले ५९ बलमा ७६ रन गर्दै भारतलाई ७ विकेटको क्षतिमा १७६ रनमा समेटेका थिए ।

    बेल्जियमबाट दिल्ली भ्रमणमा रहेका ३४ वर्षीय सफ्टवेयर व्यवसायी अभिषेक भगतले एएफपीसँग भन्नुभयो, “यो विश्वबाहिरको अनुभूति हो ।” 

    “मैले सन् २००७ मा बाल्यकालमा यो अनुभव गरेको थिएँ । त्यसपछि सन् २०११ मा र अहिले फेरि सन् २०२४ मा पनि भारतले जितेको छ । यो लामो प्रतिक्षापछिको जीत हो ।” 

    शनिबारको खेलमा आफ्नो म्यान अफ द म्याच उपाधि जितेका ३५ वर्षीय कोहलीले भाषणमा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । कप्तान रोहितले पनि कोहलीको घोषणालगत्तै भारतका लागि टी–२० म्याचबाट सन्यास लिने घोषणा गर्नुभएको छ । 

    पहिलो पटक विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिकालाई अन्तिम पाँच ओभरमा ३० रन चाहिएको अवस्थामा लक्ष्य भेट्टाउन तयार देखिए पनि भारतीय बलरले उपाधिका लागि खेललाई आफ्नो पकडमा राख्न सफल भएका थिए । 

    गुयानामा भएको सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

    रोहित सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमा भारतका लागि खेल्नुभएको थियो भने कोहलीले सन् २०११ मा धोनीको कप्तानीमा एकदिवसीय विश्वकप उपाधि भारतले जितेको थियो । 

    त्यसको दुई वर्षपछि धोनीको टिमले ५० ओभरको च्याम्पियन्स ट्रफीको फाइनलमा आयोजक इङ्ग्ल्यान्डलाई हराएको थियो तर प्रशंसकले अर्को ठूलो उपाधिका लागि ११ वर्ष कुर्नुपरेको थियो ।

    भारत सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार