images
images

पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’ बढाउने लक्ष्यमा चीन, हिउँ सिजनमै भित्रिन्छन् साढे १ करोड पर्यटक

पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’ बढाउने लक्ष्यमा चीन, हिउँ सिजनमै भित्रिन्छन् साढे १ करोड पर्यटक

सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • पर्यटनमार्फत ‘बरफ र हिउँ अर्थतन्त्र’ बढाउने लक्ष्यमा चीन, हिउँ सिजनमै भित्रिन्छन् साढे १ करोड पर्यटक
    images
    images

    चीनका केही प्रान्तमा हिउँ परेपछि पर्यटकहरूको उपस्थिति बाक्लिएको छ । हिउँद ऋतुमा हिउँ पर्ने भएपछि त्यहाँका ट्राभल्स कम्पनीले सोही अनुसारको प्याकेजहरू बनाएर पर्यटक घुमाइरहेका छन् । 

    चीनले सन् २०२२ मा शीतकालीन ओलम्पिकको आयोजना गरेपछि शीतकालीन खेलकुदप्रति आकर्षण समेत बढिरहेको छ । हिउँमा खेल्न सकिने खेलप्रति पर्यटकहरूको आगमन बाक्लिएको छ । 

    यही ऋतुमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा हिउँसँग सम्बन्धित खेलमा रमाउनेहरूको उल्लेख्य उपस्थिति देखिन्छ । स्की रिसोर्टहरू, होम स्टे र होटलहरूमा पर्यटक खचाखच छन् । 

    china hiu1.JPG

    खेलकुद र साहसिक पर्यटनको लागि विश्वव्यापी हब बनाउने तयारीमा रहेको चीनले बरफ र हिउँको अर्थतन्त्र बढाउने महत्वाकांक्षी योजनाको समेत बनाइरहेको जनाएको छ । 

    त्यस्तै, उत्तरपश्चिमी चीनको सिन्जियाङको अल्टेमा पनि स्की खेलका पारखीहरूको उत्तिकै भीड देखिन्छ । त्यहाँ नयाँ हिउँ सिजनमा कुल १ करोड ४० लाख पर्यटक आउने अपेक्षा गरिएको छ ।

    hiu china.JPG

    सन् २०२२ मा शीतकालीन ओलम्पिक भएको स्थानमा पनि यस बर्ष पर्यटकहरूको संख्याले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । चीनले सन् २०३० सम्ममा १.५ ट्रिलियन युआन मूल्यमा बरफ र हिउँको माध्यमबाट आर्थिक वृद्धिको लक्ष्य लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार