images
images

ट्रम्पको मन्त्रीमण्डलमा रोलिन्स बनिन् कृषि मन्त्री, को हुन् उनी ?

ट्रम्पको मन्त्रीमण्डलमा रोलिन्स बनिन् कृषि मन्त्री, को हुन् उनी ?

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • ट्रम्पको मन्त्रीमण्डलमा रोलिन्स बनिन् कृषि मन्त्री, को हुन् उनी ?
    images
    images

    वासिङ्टन डिसी / अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले ब्रूक रोलिन्सलाई कृषि मन्त्री नियुक्त गरेका छन् । आफ्नो मन्त्रीमन्डललाई पूर्ण बनाउँदै उनले लामो समयदेखिकी आफ्नी सहयोगी रोलिन्सलाई कृषि मन्त्री नियुक्त गरेका हुन् । 

    शनिबार मध्याह्न अबेरतिर उनले यो घोषणा गरेका हुन् । कृषि मन्त्रालयको जिम्मेवारी दिन उनले बौद्धिक समूह अमेरिका फर्ष्ट पोसिली इन्ष्टिच्युटकी प्रमुखलाई रोजेका छन् । 

    देशको सच्चा मेरुदण्ड अमेरिकी कृषकहरूलाई जोगाउने प्रयासको कमान्ड ब्रूकले आफ्नो हातमा लिने एउटा विज्ञप्तिमा ट्रम्पले भनेका छन् । योसँगै ट्रम्पको मन्त्रिमण्डल पूरा भएको छ ।

    को हुन् रोलिन्स ? 

    कयौँ वर्षदेखि रोलिन्स ट्रम्पकी शीर्ष सहयोगी हुन् । उनी ट्रम्पको पहिलो कार्यकालमा ह्वाइट हाउसमा ट्रम्पकी पूर्व सहयोगी समेत रहिसकेकी छिन् । उनले अफिस फर अमेरिकन इनोभेशनको निर्देशक र डोमेष्टिक पोसिली काउन्सिलमा कार्यकारी  निर्देशकको रूपमा समेत काम गरेकी छिन् । 

    उनको मनोनयनलाई सिनेटले पारित गर्‍यो भने रोलिन्सले कृषि क्षेत्रलाई दिइने सहुलियत, संघीय पोषण कार्यक्रम, मासु निरीक्षण एवम् कृषि, खाद्य र वन उद्योगका अन्य पक्षहरू हेर्नेछिन् । 

    उनले अमेरिका, क्यानडा र मेक्सिकोबिचको व्यापार वार्तामा पुनः छलफलमा पनि मुख्य भूमिका निर्वाह गर्नेछिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार