एनआईसी एशिया बैंकले सुरु गर्‍यो मास्टर कार्ड इस्युएन्स सेवा, ग्राहकलाई के–के छ सुविधा ?

एनआईसी एशिया बैंकले सुरु गर्‍यो मास्टर कार्ड इस्युएन्स सेवा, ग्राहकलाई के–के छ सुविधा ?

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    एनआईसी एशिया बैंकले सुरु गर्‍यो मास्टर कार्ड इस्युएन्स सेवा, ग्राहकलाई के–के छ सुविधा ?

    काठमाडौँ / एनआईसी एशिया बैंकले मास्टर कार्ड इस्युएन्स सेवा सुरु गरेको छ । बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमका बीच उक्त कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको हो ।

    डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने मास्टर कार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट ग्राहकहरूले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ, जसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिसमेत प्रयोग गरिएको छ ।

    यस कार्डमार्फत ग्राहकहरूले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको साथमा पीओएस तथा ई–कमर्श भुक्तानीलगायतका सुविधा उपभोग गर्न सकिने बैंकले जनाएको छ । 

    ‘डिजिटल फस्ट’ बैंकको रूपमा आफूलाई स्थापित गर्न लागिरहेको बैंक र विश्वविख्यात मास्टर कार्डबीचको यो सहकार्यले नेपालको बैंकिङ क्षेत्रलाई थप उचाइमा पुर्‍याउन ठोस योगदान दिने बैंकले विश्वास लिएको छ ।

    कार्ड बैंकिङ सेवाप्रदायकको रूपमा मुलुकका अग्रणी वाणिज्य बैंकको रूपमा रहेको एनआईसी एशिया बैंकले हालसम्म भिसा कार्डबाट सेवा प्रदान गरिरहेको थियो ।

    एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जालमार्फत गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार