सकियो प्रचण्ड र ओलीबीच छलफल, के भयो कुराकानी ?

सकियो प्रचण्ड र ओलीबीच छलफल, के भयो कुराकानी ?

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    सकियो प्रचण्ड र ओलीबीच छलफल, के भयो कुराकानी ?

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा भएको छलफलको विषय सार्वजनिक भएको छैन । तर प्रधानमन्त्री ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सरकारको कामकारबाहीबारे छलफल भएको बताए ।

    नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच ‘प्रचण्ड’ र ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

    ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार