भारतमा धार्मिक सभामा १ सय १६ जनाको ज्यान जानेगरी घातक घटना कसरी भयो ?

भारतमा धार्मिक सभामा १ सय १६ जनाको ज्यान जानेगरी घातक घटना कसरी भयो ?

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    भारतमा धार्मिक सभामा १ सय १६ जनाको ज्यान जानेगरी घातक घटना कसरी भयो ?

    भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सय १६ जनाको मृत्यु भएको छ । भने सयौजना घाइते भएका छन् । एक लोकप्रिय प्रचारकको प्रवचनका लािग हाथरस सहर नजिकै ठूलो भिड जम्मा भएको थियो तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको ठूलो आँधीले आतङ्क फैलाएको थियो ।  मानिसहरु आत्तिएर भागदौड गर्दा च्यापिएर कुल्चिएर यति धेरैको ज्यान गएको  हो ।
    उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभा भइरहेको थियो । 


    धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको  हो । 

    त्यहाँका सरकारी अधिकारीहरुले भनेका छन्, “हामीले अहिलेसम्म ९७ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ”, उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वी.ले भने,  “उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो र त्यसपछि दुःखद घटना भयो ।”

    राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । 

    धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । एम्बुलेन्सको लाइनले घाइतेहरूलाई अस्पताल पुर्यायो । 

    आलाप विलाप गर्ने महिलाहरू र रुँदै गरेका पुरुषहरू एटा सहरको शवगृहबाहिर भेला भएका थिए ।

     त्यहाँ मृतकहरूलाई राखिएको थियो । उनीहरूले आफन्तहरूबारे जानकारी लिइरहेका थिए । 

    “जब प्रवचन सकियो, सबै मानिस बाहिर भाग्न थाले”, शकुन्तला मात्र नाम बताउने एक महिलाले प्रेस ट्रस्ट अफ इन्डियालाई भनेको छ, “मानिसहरू सडक किनारको नालीमा खसे, उनीहरू एकमाथि अर्को खस्न थाले र कुल्चिएर मृत्यु भयो ।”

    प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारहरूलाई दुई हजार चार सय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरिसकेका छन् ।  

     सामाजिक सञ्जाल एक्समा लेखेका छन्,  “मेरो समवेदना आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति छ, म सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

    राष्ट्रपति द्रौपदी मुर्मूले पनि मृत्युलाई ‘हृदयविदारक’ भन्दै ‘गहिरो समवेदना’ व्यक्त  गरेका छन् ।

    उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि मृतकका आफन्तजनप्रति ‘समवेदना’ व्यक्त  गरेको उनको कार्यालयले बताएको छ । 

    “मुख्यमन्त्री आदित्यनाथले जिल्ला प्रशासनका अधिकारीहरूलाई घाइतेहरूलाई तुरुन्त अस्पताल लैजान र घटनास्थलमा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिनुभयो”, कार्यालयले भनेको छ । उनले घटनाका बारेमा अनुसन्धान गर्न आदेश  दिएको छ ।

    यस्ता घातक घटनाहरु पहिले पनि भएका थिए ?

    भारतमा प्रमुख धार्मिक चाडपर्वहरूमा पूजास्थलहरूमा घातक घटनाहरू सामान्य हुन् । 

    भारतमा धार्मिक समारोहहरूमा खराब भीड व्यवस्थापन र कमजोर सुरक्षा त्रुटिहरूका कारण हुने घातक घटनाहरूको डरलाग्दो रेकर्ड छ । 
    सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो । 

    विस्फोटबाट कङ्क्रिटका भवनहरू भत्केका थिए र हजारौँ मानिस एकत्रित भएका केरल राज्यको एउटा हिन्दू मन्दिर परिसरमा आगो लागेको थियो । 

    सन् २०१३ मा मध्य प्रदेशको एउटा मन्दिर नजिकै पुलमा भागदौड मच्चिँदा एक सय १५ श्रद्धालुको मृत्यु भएको थियो । 

    उक्त क्षेत्रमा चार लाखभन्दा धेरै मानिस जम्मा भएका थिए र पुल भत्किँदै छ भन्ने हल्ला फैलिएपछि भागदौड मच्चिएको थियो । 

    सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुई सय २४ तीर्थयात्रीको मृत्यु भएको थियो भने चार सयभन्दा धेरै घाइते भएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार