बागमती  र गण्डकी प्रदेशमा भारी वर्षा हुने, देशभर मनसुन सक्रृय

बागमती  र गण्डकी प्रदेशमा भारी वर्षा हुने, देशभर मनसुन सक्रृय

बुधवार, असार १९ २०८१
बुधवार, असार १९ २०८१
  • images
    images
    बागमती  र गण्डकी प्रदेशमा भारी वर्षा हुने, देशभर मनसुन सक्रृय

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर मनसुनी वायुको प्रभाव चलिरहेको छ । यसले देशका धेरै भुभागमा पानी परिरहेको छ । 

    देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ।  

    गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती  र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।


    आज बुधबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने विभागले जनाएको छ । 

    देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 


    बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम  प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

     राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। 

    देशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    बागमती  र गण्डकी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार