प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने निर्णय

    काठमाडौँ/  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ।
    रातारात बदलिएको सत्ता समिकरणले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने भएको छ ।

    नेपाली कांगे्रस र नेकपा एमालेको नयाँ गठबन्धनसँगै सत्ता समिकरण फेरिएको हो । आज विहानै बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर  मार्ग प्रशस्त गर्न भनेपनि डटेर सामान गर्ने संकेत प्रचण्डले दिएका छन् ।

    आज मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ । 


    बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, ‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । 

    कांग्रेस र एमाले मिलेर ०४७ को व्यवस्थातिर जान खोजेको आरोप लगाउँदै नेता पौडेलले  लगाएका छन् । 

    आजै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिच मिल्नुको विकल्प नभएको बताएका छन् । मंगलबार सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा यस्तो बताएका हुन् । 

    पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठबन्धन गर्ने र दोस्रो चरणमा देउवाको नेतृत्वमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भएको छ । 
    ‘राजनीतिक स्थायित्वको लागि मुख्य राजनीतिक दल कांग्रेस र एमाले नै भएको ठोकुवा गर्दै ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भएको नेता महतको दाबी छ । यसले आर्थिक समस्या समाधानसहित बृहत्तर राष्ट्रिय हितको  पक्षमा अघि बढ्ने उनले बताएका छन् । 

     

    यस्तै सत्ताको साँचो एमाले कांग्रेसमा गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने उक्त सरकारमा सहभागी नहुने भएको छ ।

    आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार