काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३८ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १३८ रुपैयाँ ८८ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
यसैगरी, अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ९६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिदमा १८ रुपैयाँ ८८ पैसा र बिक्रीमा १८ रुपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा , युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा कायम भएको छ ।
त्यस्तै, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९ रुपैयाँ ५३ पैसा, हङकङ डलर एकको खरिदमा १७ रुपैयाँ ७६ पैसा र बिक्रीमा १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४४७ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य ४४९ रुपैयाँ ९२ पैसा, बहराइन दिनार एकको खरिद दर ३६६ रुपैयाँ ८४ पैसा र बिक्री दर ३६८ रुपैयाँ ४४ पैसा र ओमानी दिनार एकको खरिद मूल्य ३५९ रुपैयाँ १९ पैसा र बिक्री मूल्य ३६० रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्