प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने– सबैलाई सधैंभरी ठग्न सकिन्न

प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने– सबैलाई सधैंभरी ठग्न सकिन्न

मंगलवार, असार १८ २०८१
मंगलवार, असार १८ २०८१
  • images
    images
    प्रचण्डलाई लक्षित गर्दै बाबुरामले भने– सबैलाई सधैंभरी ठग्न सकिन्न

    काठमाडौँ / पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

    मंगलबार बिहान बदलिएको राजनीतिक समीकरणतर्फ संकेत गर्दै सामाजिक सञ्जाल एक्समा एक स्टाटस लेख्दै भट्टराईले सत्ता संकटमा परेका प्रचण्डप्रति यस्तो टिप्पणी गरेका हुन् ।  

    डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्- ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौँ !’

    आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।

    उनले लेखेको जस्ताको त्यस्तै, 

    चर्चित भनाइ छ - ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’
    सन्दर्भ बुझौं !

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार