चर्चित समाचार
  • जिनव इंन्कद्धारा ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु

    जिनव इंन्कद्धारा ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    जिनव इंन्कद्धारा ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु

    काठमाडौँ / सहकारी संस्थाहरूलाई १४ वर्षदेखि कोर बैंकिङ्ग सम्वन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको जिनव इन्क प्रा.लि.ले ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु गरेको छ । 

    कम्पनीले विकास र प्रवद्र्धन गरिरहेको फिनएक्स को–अपरेटिभ सफ्टवेयरका साथै वित्तीय बजारमा विकास भएका नयाँ प्रविधि तथा सहकारीमा प्रविधिमा आधारित सेवा सञ्चालनका चूनौति र सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्सहित कार्यक्रम सुरु गरिएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर रमिता चौधरीले जानकारी दिइन् । 

    कम्पनीले पहिलो चरणमा मध्यपश्चिम तथा सुदुरपश्चिममका जिल्लाहरूमा ‘डिजिटल भविष्यका लागि सहकारीमा प्रविधिको सशक्तिकरण’ विषयमा अन्तर्क्रिया कार्यक्रमबाट यो अभियानको सुरुवात गरेको हो । 

    यसअन्र्तगत जेठ १४ देखि असार १४ गतेसम्म चितवनको नारायणघाट, बाँकेको नेपालगञ्ज र कोहलपुर, रूपन्देहीको वुटवल, सुर्खेतको मेलकुना तथा विरेन्द्रनगर, बर्दिया, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । 

    यस्तै, जिल्लाका विभिन्न सहकारी संस्थाहरूसँग समेत छुट्टाछुट्टै छलफल गरिएको छ । कार्यक्रममा १५० वटा भन्दा बढी संस्थाका सञ्चालक तथा उच्च व्यवस्थापकहरूको सहभागिता थियो । 

    कार्यक्रममा फिनएक्स को–अपरेटिभ सफ्टवेयरमा थप भएका कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल (Loanwolf'-loan processing model), गो एएमएल (Go AML), कोपोमिस (ऋयउयmष्क), पल्स मनिटरिङलगायत नयाँ बलथब सुविधाहरूबारे डेमो प्रस्तुत गरिएको थियो । 

    यस्तै, कम्पनीले विकास गरेको डिजिटाइजेसन सम्बन्धी एप्सहरू एम कोप एपमार्फत क्युआर कोड भुक्तानी तथा फस्यौट, मिसकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरूमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम (SCT & COOP Card) लगायतका सुविधाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो । 

    सिइओ चौधरीले नै सहजीकरण गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष, वरिष्ठ डेभलपर तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको समेत उपस्थिती थियो । कम्पनीले साउन १५ गतेपछि पूर्वी तराईका जिल्लाहरूमा समेत यस्तै प्रकृतिको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
     
    लामो समयदेखि सहकारी क्षेत्रका लागि आवश्यक प्रविधिहरूको विकास गर्दै आएको कम्पनीले गत साउन १ गतेदेखि फिनएक्स को–अपरेटिभ सफ्टवेयर नामबाट नयाँ नयाँ विषेशतासहितको प्रविधिहरूको विकास र विस्तार गरिरहेको छ । 

    हाल ४ सय वटा भन्दा बढी संस्थाहरूले कम्पनीले विकास गरेको फिनएक्स को–अपरेटिभ सफ्टवेयर सेवा प्रयोग गरिरहेका छन् । जसमध्ये हाल १५० भन्दा बढी संस्थाहरूले क्लाउडमा आधारित सेवाहरू उपभोग गरिरहेका छन् । 

    कम्पनीले क्लाउडमा आउन बाँकी संस्थाहरूलाई पनि विशेष सुविधा सहितको योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको पहिलो त्रैमासभित्र बाँकी संस्थाहरू पनि  क्लाउडमा आइसक्ने कम्पनीकी सिइओ इञ्जिनियर चौधरीले दावी गरिन् । 

    सूचना प्रविधि फिन टेकको क्षेत्रमा लामो अनुभव हासिल रहेको कम्पनीले सहकारी क्षेत्रका लागि नयाँ–नयाँ प्रविधिको विकासमा काम गरिरहेको छ । 

    कम्पनी हाल फिनएक्स को–अपरेटिभ सफ्टवेयरलाई नेपालकै सबैभन्दा बढी विशेषता भएको सफ्टवेयरका रूपमा विकास गर्ने योजना सहित अघि बढिरहेको छ । 

    यसका लागि लामो समयदेखि सफ्टवेयर निर्माणमा विज्ञता हासिल गरेकी वरिष्ठ इञ्जिनियर सिइओ रमिता चौधरीको नेतृत्व गरिरहेकी छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार