चर्चित समाचार
  • आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्योे, कुनको कति पुग्यो ?

    आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्योे, कुनको कति पुग्यो ?

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढ्योे, कुनको कति पुग्यो ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरदेखि युरोपियन युरोसम्मको भाउ बढेको छ । यसअघि एकको खरिदमा १३३ रुपैयाँ २१ पैसा र बिक्रीमा १३३ रुपैयाँ ८१ पैसा तोकिएको अमेरिकी डलरको भाउ बढेर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ ४७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ११ पैसा रहेको छ । यसअिघ भने एकको खरिदमा १४३ रुपैयाँ १७ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८२ पैसा तोकिएको थियो। 

    यसैगरी, अष्ट्रेलियन डलर पनि महँगिएको छ । यसअघि एकको खरिद मूल्य ८८ रुपैयाँ ८८ पैसा र बिक्री मूल्य ८९ रुपैयाँ २८ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ बढेर आज एकको खरिदमा ८८ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३६ पैसा पर्नेछ । 

    क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ३० पैसा र बिक्रीमा ९७ रुपैयाँ ७४ पैसा निर्धारण गरिएकोमा आज बढेर एकको खरिद दर ९७ रुपैयाँ ५० पैसा र बिक्री दर ९७ रुपैयाँ ९४ पैसा कायम भएको छ । 

    त्यस्तै,  जापानिज येन १० को खरिद मूल्य ८ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ८ रुपैयाँ २७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ५५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७१ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार