चर्चित समाचार
  • रास्वपामा ठुलै हलचल ल्याउने मुकुलको प्रतिवेदनमा के छ त्यस्तो ?

    रास्वपामा ठुलै हलचल ल्याउने मुकुलको प्रतिवेदनमा के छ त्यस्तो ?

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    रास्वपामा ठुलै हलचल ल्याउने मुकुलको प्रतिवेदनमा के छ त्यस्तो ?

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ । ढकालले ३८ जिल्ला भ्रमणपछि तयार पारेको ३२ पेजको प्रतिवेदन बुधबार केन्द्रीय समिति बैठकमा छलफल भएपछि सार्वजनिक भएको हो । 

    ढकालको समीक्षा यात्रा प्रतिवेदनले रास्वपामा ठुलै हलचल ल्याएको छ । पार्टीको रणनीति विषयलाई मिडियाबाजी गरेको भन्दै बुधबारको बैठकपछि ढकालको महामन्त्री पद ७ दिनका लागि निलम्बनमा छ ।

    २०८१ साल जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३८ जिल्ला पुगेर २०७९ जनासँग दोहोरो अन्तरक्रिया गरि प्रतिवेदन बनाएको ढकाललको ‘समीक्षा यात्रा-फोक्सुन्डो’ नाम दिइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । ८० किलोमिटर पैदल र ४२१६ किलोमिटर यात्रा गरेर आफूले समीक्षा प्रतिवेदन तयार गरेको ढकालले उल्लेख गरेका छन् ।

    समीक्षा यात्रा सुरु गर्दा जेठ ६ गते राति ८ बजे पार्टी सभापति रवि लामिछानेसहितका नेताले दही खुवाएर बिदाइ गरेका थिए । समीक्षा बैठकका क्रममा पार्टीका सदस्य, शुभेच्छुकलगायतले रास्वपाले ध्यान दिनुपर्ने थुप्रै विषय उठाएको भन्दै ढकालले त्यसलाई बुँदागत रूपमा उल्लेख गरेका छन् ।
     
    प्रशिक्षणको अभाव, सञ्चार समन्वयको अभाव, पारंटीका मन्त्री सांसद र नेतालाई भेट्न नपाइएको, गुनासो व्यवस्थापन कमजोर, सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो,पार्टी निर्णयविरुद्ध केन्द्रीय नेताको टिप्पणी,नेताहरु सुविधाभोगी भए लगायतका विषयमा उनले प्रश्न उठाएका छन् ।

    उनले प्रतिवेदनमा सभापतिमाथि नै पहिलो पटक प्रश्न उठेको उल्लेख गरेका छन् । 

    प्रतिवेदनमा लेखिएको छ : 

    सभापतिमाथि नै पहिलो पटक प्रश्न उठ्यो

    चेसमा रानी धेरै चल्दैन, तर हाम्रो पार्टीमा किन सभापति नै धेरै चलेको ? सभापति आफैं गृहमन्त्री भएर किन गएको ? सिके राउत जस्तो ब्याकमा किन नबसेको ?

    जिबि राई कहिले समातिन्छन् ? समात्न सकिदैनथ्ये भने प्रतिपक्षीमा हुँदा किन म्याद नै तोकेर बोलेको ?

    सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ।

    सभापतिको सचिवालयमा मृदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन।

    किन ग्यालेक्सीको टिम धेरै भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ?

    सरकारमा गएपछि सोचे अनुरूप फाइल किन खोलिएन ?

    निर्मला पन्तलाई न्याय कहिले मिल्छ ?

    ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?

    सभापतिमा त्यागको भावना छैन भन्ने सन्देश गएको छ।

    सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेका छन् तर सभापतिले बिर्सिए जस्तो छ । पार्टीको मेरूदण्ड नै त्यही कार्यक्रम थियो। पार्टीमा सिधाकुरा जनतासँग कार्यक्रमका मान्छे पनि केन्द्रीय स्तरमै आए, सभापतिको सचिवालयमा नै बसे तर तिनीहरूले पनि सिधाकुरा जनतासँग कार्यक्रम बिर्सिए र अरू राजनीति गर्न थाले।

    ढकालले सायद प्रतिवेदन तयार गर्दै आफू पार्टीमा लामो समय नरहने आँकलन गरेका थिए । त्यही भएर उनले प्रतिवेदनको ३२ औं पेजमा लेखेका छन्, “पार्टीलाई जन्मदाताकै रूपमा होस् वा नेपाली जनताको आशाको रूपमा रहेकाले मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ । यसरी दुर्घटन हुँदैछ भन्दा श्रीकृष्णका अनुसार मेरो अर्थात् महामन्त्री पदको मृत्यु पनि हुनसक्छ । अर्थात मलाई घोक्राएर पार्टीबाट निकाल्न पनि सक्छन् । आगामी राजनीतिक जीवनका लागि यो घातक सावित हुनेछ । तथापि यो पटक श्रीकृष्णका वाणीभन्दा एउटा धुन मनमा बढी गुञ्जियो – ‘म मरे पनि, मेरो देश बाँचिरहोस्, म नरहे पनि मेरो पार्टी बाँचिरहोस् ।” 

    हेर्नुस् प्रतिवेदन

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार