काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो ।
बिहीबार प्रतितोला १ लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने १ लाख ४४ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
तेजाबी सुन बिहीबार प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ हजार ८ सय ७० रुपैयाँ निर्धारण भएको छ ।