चर्चित समाचार
  • नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

    नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

    शुक्रवार, असार २१ २०८१
    शुक्रवार, असार २१ २०८१
  • images
    images
    नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

    काठमाडौँ / सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई गरेको छ । 

    महानिरीक्षक राजु अर्यालले असार २१ गते  प्रधान कार्यालय स्वयम्भु हलचोकमा “Women's T20 Asia Cup” मा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकानासहित हार्दिक विदाई गरेका हुन् । 

    विदाई हुने खेलाडीहरुमा सिता राना मगर, राजमती ऐरी, ईन्दु बर्मा, रोमा थापा र ममता चौधरी रहेका छन् ।

    कार्यक्रममा महानिरीक्षक अर्यालले खेलाडीहरुलाई खेल मैदानमा उत्रिदा जित्छु र गर्न सक्छु भन्ने भावनाकासाथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाईमा पुर्याउन सकिने बताए । 

    उनले खेलाडीहरुको बृत्तिविकासको लागि संगठन सदैव तत्पर रहेको समेत बताउनुभयो । प्रतियोगिता यही साउन ४ देखि १३ गतेसम्म श्रीलंकामा संचालन हुने छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार