images
Logo
images
images
images

इस्कोन बुढानीलकण्ठको ३९ औँ ऐतिहासिक रथयात्रा महामहोत्सव सम्पन्न

इस्कोन बुढानीलकण्ठको ३९ औँ ऐतिहासिक रथयात्रा महामहोत्सव सम्पन्न

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • इस्कोन बुढानीलकण्ठको ३९ औँ ऐतिहासिक रथयात्रा महामहोत्सव सम्पन्न

    नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)द्वारा जगन्नाथ रथयात्रा महामहोत्सव सम्पन्न भएको छ । आइतबार बराष्ट्रपति रामचन्द्र पौडेलको ३९ औँ ऐतिहासिक रथयात्रा महामहोत्सव सम्पन्न भएको हो। 

    images
    images
    images
    images

    नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी–घण्टाघर– दरबारमार्ग–पुतलीसडक–प्रदर्शनी मार्ग–भद्रकाली–एन.ए.सी न्यूरोड– बसन्तपुर–न्यूरोड हुँदै टुडिखेलमा समापन गरिएको छ । 

    नेपाली ईतिहासमा परापूर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसैगरी रथयात्रा हुने गर्दथ्यो। यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्राध्यक्ष राष्ट्रपति पौडेलको उपस्थितिमा यस पटक पनि रथयात्राको सुभारम्भ भएको हो । 

    इस्कोन आध्यामिक संस्थाको रूपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गरेको अन्तर्राष्ट्रिय संस्था हो । 


    संसारभरिका १२०० ठुला तथा हजारौँको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मिक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार