images
images

सप्तकोशीमा पानीको सतह बढेपछि सतर्क रहन आग्रह, ब्यारेजका ३९ ढोका खोलियो

सप्तकोशीमा पानीको सतह बढेपछि सतर्क रहन आग्रह, ब्यारेजका ३९ ढोका खोलियो

शनिवार, असार २२ २०८१
शनिवार, असार २२ २०८१
  • सप्तकोशीमा पानीको सतह बढेपछि सतर्क रहन आग्रह, ब्यारेजका ३९ ढोका खोलियो

    इनरुवा (सुनसरी) / वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख तीन हजार आठ सय ६० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

    images
    images
    images
    images

    अहिले ब्यारेजका ३९ ढोका खोलिएका छन् । यहाँ निरन्तर पानीको बहाव बढ्दै गएको छ । 

    आज बिहान ४ बजेको मापनअनुसार एक लाख २४ हजार चार सय ६५ क्युसेक, दिउँसो १ बजे दुई लाख ४४ हजार क्युसेक र साँझ ५ बजे दुई लाख ८२ हजार छ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।

    लगातार पानीको बहाव र तह बढ्दै गएपछि कोशी ब्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार