images
images

गुरु नानकका अनमोल दुई दर्जन वचनहरु

गुरु नानकका अनमोल दुई दर्जन वचनहरु

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • गुरु नानकका अनमोल दुई दर्जन वचनहरु

    गुरु नानक सन् १४६९ मा अप्रिल १५ मा पञ्जाब प्रान्तमा जन्मिएका थिए । अहिले यो  पाकिस्तानमा पर्दछ । 

    बाल्यकालदेखि नै आध्यात्मिक ज्ञानका प्रवर्तक  नानक सिख धर्मका पहिलो गुरु हुन् । 

    गुरु नानकले नै ‘सिख धर्म’का स्थापना गरेका हुन् । यो संसार ईश्वरद्वारा बनाइएको हो हामी उनैका सन्तान हौं भन्ने उनको बुझाइ छ । ईश्वर सबैसँग छ, जसले राम्रो काम र नराम्रो कामको बोध गराउँछ ।

    गुरु नानकका केही प्रेरणादायी बचनहरु पढौं  जसले हामीलाई उत्साह, उर्जा र सकारात्मक भाव पैदा गराउँछ। 

    १ ] केवल त्यही शब्द बोल्नुपर्छ, जुन शब्दले हामीलाई सम्मान दिलाउँछ ।

    २ ] बन्धु हो, हामी मृत्युलाई खराब भन्दैनौ, जब हामीले मर्ने कला सिक्छौ ।

    ३ ] यो संसार कठिनाइले भरिएको छ, जसलाई स्वयम्माथि भरोसा छ उही नै विजेता कहलाइन्छ ।

    ४ ] ईश्वर सर्वत्र विद्यमान छन्, उनी हाम्रा पिता हुन् । त्यसैले संसारमा भएका सवैसँग मिलिजुली प्रेमपूर्वक बाँच्नुपर्छ ।

    ५ ] कहिले पनि, कुनैपनि परिस्थितीमा अरुको अधिकार हनन गर्नु हुँदैन ।

    ६ ] तपाई सबैको सद्भावना नै मेरो सच्चा सामाजिक प्रतिष्ठा हो ।

    ७ ] जो व्यक्ति आफ्ना घरमा पनि शान्तिपूर्वक जीवन व्यतित गर्छन्, उनलाई यमदूतले पनि केही गर्न सक्दैन ।

    ८ ] सच्चा धार्मिक त्यही हो, जो सबै व्यक्तिलाई समान रुपले सबैको सम्मान गर्छ ।

    ९ ] कहिले पनि खराब कार्य गर्नका लागि नसोचौं, अरुलाई सताउने काम नगरौं ।

    १०] इमान्दारितापूर्वक मेहनतले आर्जेको धनले आफ्नो पेट पाल्नुपर्छ।

    ११] संसार जित्नका लागि अरुलाई उछिन्ने होइन । बरु आफैभित्रको कमजोरी र विकारमाथि विजय प्राप्त गर्नुपर्छ ।

    १२] अहंकारले कुनैपनि मान्छेलाई मान्छे बनेर रहन दिदैन, त्यसैले अहंकार वा घमन्ड त्याग्नुपर्छ।

    १३] धनलाई खल्तीसम्म मात्र स्थान दिनुपर्छ, आफ्नो हृदयमा होइन।

    १४] परम पिता र मरमेश्वर एउटै हो ।

    १५ ] सधैँ एउटै ईश्वरको साधनामा मन लगाउ ।

    १६ ] हरेक ठाउँ र हरेक प्राणीमा ईश्वरको बास हुन्छ ।

    १७]  ईश्वरको भक्तिमा लीन मानिसलाई कसैले डर लाग्दैन ।

    १८]  इमान्दारी र मिहेनतले पेट भर्नु पर्छ ।

    १९ ] नराम्रो कामको बारेमा सोच्दा पनि नसोचौँ र कसैलाई पनि नसताऔँ ।

    २०]  सधैँ खुसी होऔँ, ईश्वरसँग सधैँ क्षमा याचना गरौँ ।

    २१]  मिहेनत र इमान्दारीबाट कमाएको धनले मात्र गरीबको सहयोग गरौँ ।

    २२] महिला र पुरुष एक समान छन् त्यसैले सबैलाई एकै नजरले हेरौँ ।

    २३] भोजन शरीरलाई जीवित राख्नका लागि जरुरी छ, तर लोभ लालचले जम्मा गर्न बानी खराब हो।

    २४]  म न बच्चा हुँ, न युवा नै । म न कुनै धर्मको हुँ न कुनै जातको नै ।

    २५ संसारका कोही पनि व्यक्ति भ्रममा नबाँचुन् । गुरुविना अर्को किनार पुग्न असम्भव छ । 
     
    २६ केवल मूर्खहरु मासु खान हुन्छ कि हुँदैन भनेर तर्क गर्छन् । उनीहरु सत्य के हो जान्दैनन्, न जान्नको लागि ध्यान नै गर्दछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार