images
Logo
images
images
images

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द, चार ठाउँमा पहिरो

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द, चार ठाउँमा पहिरो

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द, चार ठाउँमा पहिरो

    गलकोट (बागलुङ) / लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । 

    images
    images
    images
    images

    करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

    शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए । 

    करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताए । 

    करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार