images
Logo
images
images
images

लायन्स क्लबद्वारा खोपासी, ख्याकुका बाढी पहिरो पीडितका लागि राहत सहयोग

लायन्स क्लबद्वारा खोपासी, ख्याकुका बाढी पहिरो पीडितका लागि राहत सहयोग

आइतवार, असोज २० २०८१
आइतवार, असोज २० २०८१
  • लायन्स क्लबद्वारा खोपासी, ख्याकुका बाढी पहिरो पीडितका लागि राहत सहयोग

    लायन्स क्लब अफ काठमाडौँ अटो सोसियल फ्रेन्ड्सको समन्वय र सहयोगी महिला जागरण मन्च मैतिदेवीको सहयोगमा बाढी पहिरो पीडितहरूका लागि राहत वितरण गरेको छ । क्लबले काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकाको १० र ११ वडाको खोपासी, ख्याकुका बाढी पहिरो पिडित परिवारहरूका लागि राहत सहयोग वितरण गरेको हो । 

    images
    images
    images
    images

    कार्यक्रममा सहयोगी संस्थाहरू लायन्स तथा लियो क्लब अफ काठमाडौँ मखमली, लायन्स क्लब अफ काठमाडौँ युनाईटेड सेन्टर, लायन्स क्लब अफ माउन्ट धौलागिरी, लायन्स क्लब अफ पोखरा सर्मपण, लायन्स क्लब अफ काठमाडौँ बनस्थली लियो क्लब अफ काठमाडौँ ड्रिमल्यान्ड, लायन विष्णु श्रेष्ठ, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र अटो नेपाल, मासिक पत्रिकाको सहयोग रहेको थियो ।

    हालै आएको अबिरल बर्षाको कारण काभ्रेपलान्चोक जिल्लाको पनौतीको १० र ११ वडा र बेथानचोक गाउँपालिकाको ११० परिवारभन्दा बढी पीडित आमा बुवा तथा स्थानीयबासीहरूलाई लायन्स क्लब अफ काठमाडौँ अटो सोसियल फ्रेन्डका चार्टर प्रेसिडेन्ट तथा डिष्ट्रिक जेका रिजन चियरर्पसन रोशनकुमार श्रेष्ठ, अध्यक्ष बिकल श्रेष्ठ र सचिब कृष्टिना ताम्राकार लगायत विभिन्न क्लबको सदस्यहरूको उपस्थितिमा पनौती नगरपालिका ११ ख्याकुस्थित थुम्की रिसोर्टको समन्वयमा पहिरोपिडित परिवारहरूलाई त्रिपाल, बाल्टिन, जग, बाटा, म्याट, साबुन र न्यानो कपडाहरू बितरण गरिएको सहयोगी महिला जागरण मन्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । 

    आगामी दिनहरूमा काभ्रेको अन्य स्थानहरूमा समेत राहत पुर्याउने विचार गरेको यस कार्यक्रमका संयोजक तथा रिजन चियरपर्सन, काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार