images
Logo
images
images
images

लगातार वर्षाको कारण डुवानमा परेका ५० जनालाई सुरक्षित स्थानमा सारियो

लगातार वर्षाको कारण डुवानमा परेका ५० जनालाई सुरक्षित स्थानमा सारियो

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • लगातार वर्षाको कारण डुवानमा परेका ५० जनालाई सुरक्षित स्थानमा सारियो

    काठमाडौँ / लगातार वर्षाको कारण कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा डुवानमा परेकाहरुलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

    images
    images
    images
    images

    कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ पूर्णागिरीघाट ईलाकामा डुवानमा परेको घरपरिवारका करीव ५० जनालाई सुरक्षित स्थानमा सारिएको हो । 

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड बेश बडुवाटोलबाट खटिएको सुरक्षा फौजले असार २४ गते सुरक्षित स्थानमा सारेका हुन् । 

    त्यसैगरी सोही जिल्लाको बेदकोट नगरपालिका–७ स्थित सुडा खोलामा पानीको बहाव बढी डुवानमा परेका ३ घरपरिवारलाई नं. ३५ गण कञ्चनपुरले सुरक्षित स्थानमा सारेको छ । 

    त्यस्तै कञ्चनपुर जिल्लाकै भिमदत्त नगरपालिका वडा नं.११ ब्रमिनी र वडा नं.१२ ऐरीगाउँ ईलाकामा भुजेल खोलामा पानीको बहाव बढि डुवानमा परेका २० घरपरिवारलाई प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीले सुरक्षित स्थानमा सारेको छ ।

    यसैगरी कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुर ईलाकामा कटैनी नदिमा पानीको बहाव बढ्न गई बस्तीमा पस्दा डुवानमा परेका २५ घरपरिवारलाई सुरक्षित स्थानमा सारेको हो । 

    डुवानमा परेकाहरुको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.३४  गण कैलाली, प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुर र बिओपी छोटिपलीयाको सुरक्षा फौज खटिएको थियो ।  

    त्यस्तै सोही जिल्लाको धनगढी उपमहानगरपालिका–१५ कनरी गाउँमा खुटिया नदिमा पानीको बहाव बढि बस्तीमा पस्दा डुवानमा परेका ६ घरपरिवारलाई सामानसहित बिओपी फुलबारीको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको छ ।

    सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् प्रतिकार्यको लागि मनसुन अवधिभर २४सै घण्टा परिचालन हुने गरी ५ सय ४६ इकाईहरुमा ७ हजार ४ सय ५५ जनाको जनशक्ति आवश्यक उपकरणसहित तयारी हालतमा राखेको छ । 

    त्यस्तै मनसुन अवधिभर सशस्त्र प्रहरीका १ सय १० जना गोताखोर र विपद् उद्धार तालिम प्राप्त जनशक्तिलाई सशस्त्र प्रहरी बल नेपालको कार्यालयहरुमा रहेका १ सय २० वटा मोटर बोट तथा र्‍याफ्ट बोटसहित सातै वटा प्रदेशका बाहिनी मुख्यालयहरु तथा उपत्यकास्थित नं. २० विपद् उद्धार गण सिनामंगल तथा देशभरका विपद् व्यवस्थापन बेशहरुमा तयारी हालतमा राखिएको छ । 

    बाढि पहिरो तथा डुवानमा परेकाहरुलाई तत्काल उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नं.१११४ मा समेत खबर गर्न सकिने छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार