images
Logo
images
images
images

मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

सोमवार, असार २४ २०८१
सोमवार, असार २४ २०८१
  • मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

    काठमाडौँ / भक्तपुरको पलाँसेबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images
    images
    images
    images

    ओखलढुंगाको चिसंखुगढी गाउँपालिका ४ घर भइ हाल काठमाडौँको आरुबारी बस्ने  २४ वर्षीय लाक्पा काजी शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

    बागमती प्रदेश–०२–०४८ प ९५ ४७  नम्बरको स्कुटर काठमाडौँको गोंगवुबाट हराएको भनि अजय तामाङले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । 

    खोजतलासका क्रममा उक्त स्कुटर सहित शेर्पालाई आज अपरान्ह ४ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

    नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि शेपालाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । 

    आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता श्रेष्ठले सम्पूर्णमा अनुरोध गरेका छन् । 

    हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य  निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग हुनुपर्ने छ । 

    सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार