images
images

सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँको गिरावट, आज प्रतितोला कति ?

सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँको गिरावट, आज प्रतितोला कति ?

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँको गिरावट, आज प्रतितोला कति ?

    काठमाडौँ / मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनचाँदी घटेर कारोबार हुने भएको हो । 

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४४ हजार १ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँबाट घटेर १ लाख ४३ हजार ४ सय रुपैयाँमा झरेको छ । 

    यता, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ८ सय ९० रुपैयाँबाट घटेर १ हजार ८ सय ८५ रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार