images
images

तालमा फसेका चार जनाको सकुशल उद्धार, एक जना मृत अवस्थामा फेला

तालमा फसेका चार जनाको सकुशल उद्धार, एक जना मृत अवस्थामा फेला

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • तालमा फसेका चार जनाको सकुशल उद्धार, एक जना मृत अवस्थामा फेला

    कास्कीको पोखरा महानगरपालिका-२७ स्थित दिपाङ तालको पानी बस्तीमा पस्दा डुबेका ४ जनालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ। 

    images
    images
    images
    images

    सशस्त्र प्रहरीका अनुसार गुल्मी घर भई हाल पोखरा बस्ने ५४ वर्षीय रामबहादुर अधिकारीको घरभित्र तालको पानी पसेको हो।

    घरभित्र पानी पसेपछि फसेका रामबहादुरसहित ३९ वर्षीया सिर्जना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारीलाई सशस्त्र प्रहरीले निकालेको हो।

    सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

    यसैगरी सोही महानगरपालिकास्थित सहेलापाटा निवासी बर्ष ५१ का मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर पहिरोले पुरिदा उनका २२ बर्षिय  छोरा  भिम बहादुर थापा वेपत्ता भएका थिए । 

    उनको नेपाली सेना, सशस्त्र प्रहरी बल नं.२४ कालिका गण र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा विहान ७ बजे मृत अवस्थामा फेला पारेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार