images
images

भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढि पहिरोबाट क्षती, उद्धार कार्यमा खटिदै सशस्त्र प्रहरी

भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढि पहिरोबाट क्षती, उद्धार कार्यमा खटिदै सशस्त्र प्रहरी

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढि पहिरोबाट क्षती, उद्धार कार्यमा खटिदै सशस्त्र प्रहरी

    लगातार वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढि तथा पहिरोले क्षती पुर्‍याएको छ । 

    images
    images
    images
    images

    उक्त ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गणा दुवाकोट भक्तपुरको सुरक्षा फौज परिचालित रहि उद्धार कार्य गरिरहेको छ ।

    असार २६ गते चागुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा मनोहरा खोलामा पानीको बहाव बढि खोला नजिकै रहेका घरहरुमा क्षती पुर्‍याउन लागेपछि सो क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्धन निर्माण गरिएको जनाएको छ । 

    त्यसैगरी चागुनारायण नगरपालिका–४ मा समेत मनोहरा खोलामा पानीको बहाव बढि नजिकै रहेका बस्तीमा क्षती पुग्न लागेपछि सो क्षेत्र सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दाले तटबन्धन निर्माण गरेका छन् ।

    यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको थियो । 

    नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षती पुगेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार