काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ४४ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ४४ हजार नौ सय निर्धारण भएको हो।
बुधबार प्रतितोला १ लाख ४३ हजार चार सयमा कारोबार भएको तेजाबी सुन आजका लागि १ लाख ४४ हजार २ सय निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ७० मा कारोबार भएको चाँदीको मूल्य आज भने १ हजार ८ सय ८५ निर्धारण भएको छ ।