images
images

आज आइतबारको मौसम कस्तो हुनेछ ? यस्तो छ मौसम पूर्वानुमान

आज आइतबारको मौसम कस्तो हुनेछ ? यस्तो छ मौसम पूर्वानुमान

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • आज आइतबारको मौसम कस्तो हुनेछ ? यस्तो छ मौसम पूर्वानुमान

    मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

    कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आन्शिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिकदेखि मुख्यतया सफा रही एक वा दूई स्थानमा हल्का वर्षा भैरहेको छ।
    आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । 

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी प्रदेश र गण्डकी प्रदेशका एक÷दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

    आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । 

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरूमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई  स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश, मधेश प्रदेश, बागमती  प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार