images
images

आजको मौसम : मधेश, कर्णाली र सुदुरपश्चिममा हल्कादेखि मध्यम बर्षा हुने

आजको मौसम : मधेश, कर्णाली र सुदुरपश्चिममा हल्कादेखि मध्यम बर्षा हुने

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • आजको मौसम : मधेश, कर्णाली र सुदुरपश्चिममा हल्कादेखि मध्यम बर्षा हुने

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ ।  अहिले मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।

    देशभर साधारणतया बदली रहि गण्डकी प्रदेशको केही, कोशी, बागमती र लुम्बिनी  प्रदेशका थोरै तथा मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। 


    आज साउन ३ गते बिहिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागले जनाएको छ ।

    कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बाग्मती  र सुदुरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना छ।

    आज राती कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

     एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू– क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभाले भनेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार