images
images

प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तिदै

प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तिदै

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • प्रतितोला १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तिदै

    काठमाडौँ / आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको छ । यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख ४५ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

    यता, चाँदी प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय १० रुपैयाँ पर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार