images
images

रियलमीले सार्वजनिक गर्‍यो नार्जो एन र रियलमी सि, मूल्य कति ? केके छन् विशेषता ?

रियलमीले सार्वजनिक गर्‍यो नार्जो एन र रियलमी सि, मूल्य कति ? केके छन् विशेषता ?

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • रियलमीले सार्वजनिक गर्‍यो नार्जो एन र रियलमी सि, मूल्य कति ? केके छन् विशेषता ?

    काठमाडौँ / रियलमीले नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६५ फाइभ जि मा ६.७२ को फुल एचडी डिस्प्ले र १२० हर्जको रिफ्रेस रेट छ ।

    मिडियाटेक डाइमेन्सिटी ७०० र फाइफ जि जस्ता मुख्य फिचरहरु रहेका छन् । रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामारा र ४५ वाटको सुपरभोक चार्जर समावेश रहेका छन् ।

    सार्वजनिक गर्दै रियलमीको लागि भारत र नेपालको हेड अफ स्ट्राटेजी, मुनिस गिरीले भने, ‘हामी नेपाल बजारमा नार्जो एन ६५ फाइभ जि र रियलमी सि ६३ ल्याउन पाउँदा निकै उत्साहित छौं ।’

    ‘यी स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ,’ उनले भने, ‘नार्जो एन ६५ फाइभ जिको उन्नत फाइभ जि फिचरहरु र सि ६३ को किफायती मूल्यमा नै प्राप्त हुने आकर्षक फिचरहरुले ग्राहकहरुको मन जित्नेमा हामी विश्वस्त छौँ ।’

    प्रिमिएम स्टान्डर्डको रियलमी नार्जो एन ६५ फाइभ जि

    आकर्षक डिजाइन र सुपेरियर डिस्प्ले ६.६ इन्चको डिस्प्ले रहेको रियलमी नार्जो एन ६५ फाइभ जि को १९० ग्रामको हल्का तौलले यो स्मार्टफोन प्रयोग गर्न निकै सहज बनाउँछ । एम्बर गोल्ड र डिप ग्रिनमा उपलब्ध नार्जो एन ६५ फाइभ जि स्टाइलको मामला निकै अगाडि छ ।

    लो ब्लु लाइटमा टियुभि राइल्यान्डबाट सर्टिफाइड यो स्मार्टफोन उज्यालो कम रहेको ठाउँमा पनि मजाले प्रयोग गर्न सकिन्छ । साथमा हाइ बिम मोड ५०० र ६२५ निट रहेको यस स्मार्टफोन उज्यालो घाममा पनि आरामले प्रयोग गर्न सकिन्छ ।

    फाइभ जिको पावरफुल पर्फर्मेन्स ५० मेगापिक्सेलको एआई क्यामरा रहेको नार्जो एन ६५ फाइभ जि ले आकर्षक फोटो र भिडियोहरु निकाल्छ । यस स्मार्टफोनको क्यामारामा नाइट मोड, स्ट्रिट मोड, प्रो मोड, पोट्रेट मोड र टाइम ल्याप्स जस्ता फिचरहरु पनि उपलब्ध रहेका छन् ।

    साथै ८ मेगापिक्सेलको प्रन्ट क्यामाराले उत्कृष्ट क्वालिटीको सेल्फी खिच्न र भिडियो कल गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार