images
images

मौद्रिक नीति सार्वजनिक : बैंकदर र नीतिगत दर घट्यो, ५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य

मौद्रिक नीति सार्वजनिक : बैंकदर र नीतिगत दर घट्यो, ५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • मौद्रिक नीति सार्वजनिक : बैंकदर र नीतिगत दर घट्यो, ५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य

    काठमाडौँ / आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिएको जानकारी दिए। 

    ५ प्रतिशतको हाराहारी मूल्यवृद्धि दरको लक्ष्य छ । सात महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति कायम राख्ने उल्लेख छ । 

    बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम राखिएको छ । नीतिगत दरलाई ५.५ बाट ५ प्रतिशतमा झारिएको छ । 

    अनिवार्य नगद मौज्दातको व्यवस्थालाई निरन्तरता दिएको छ । अर्थतन्त्रमा मुद्रास्फीति लक्षित सीमामा रहेको र बाह्य क्षेत्रमा सुधार भएको उनले जानकारी दिए ।

    ‘भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो’ 

    कोरोना महामारीका कारण भारतीय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव परेको बताएका छन् । 

    यसबाहेक रुस युक्रेन युद्धका कारणले समेत नेपालमा मूल्यवृद्धिको कारण बनेको अधिकारीले बताए । विश्व बजारमा मूल्यवृद्धि कोरोना महामारीअघि पुग्न लागेको गर्भनर अधिकारीले बताएका छन् ।

    यस्तै उनले चालू वर्षका लागि सरकारले ६ प्रतिशतको मूल्यवृद्धि लक्ष्य भित्रै रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको उनले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार