images
images

केएमसी अस्पतालले भन्यो– विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

केएमसी अस्पतालले भन्यो– विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • केएमसी अस्पतालले भन्यो– विमान चालक शाक्यको स्वास्थ्यमा सुधार

    काठमाडौँ / काठमाडौँ मेडिकल कलेजमा उपचाररत रहेका सौर्य एयरलाइन्सका विमान चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार आएको छ । 

    कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताए । उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको बताए । 

    “ढाडको हड्डी भाँचिएकाले हामीले पूर्णतया आराममा राखेका छौँ”, उनले भने, “घर परिवारका बाहेकलाई भेटन दिएका छैनौँ ।”

    यही साउन ९ गते काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो । 

    उक्त दुर्घटनामा विमान चालक शाक्य गम्भीर घाइते भएका थिए । उनका अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार