images
images

युनिभर्सल थट कन्सल्टको आयोजनामा ‘नवौँ म्यानेजमेन्ट एण्ड आईटी एजुकेसन फेयर हुँदै, केके छन् आकर्षण

युनिभर्सल थट कन्सल्टको आयोजनामा ‘नवौँ म्यानेजमेन्ट एण्ड आईटी एजुकेसन फेयर हुँदै, केके छन् आकर्षण

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • युनिभर्सल थट कन्सल्टको आयोजनामा ‘नवौँ म्यानेजमेन्ट एण्ड आईटी एजुकेसन फेयर हुँदै, केके छन् आकर्षण
    images
    images

    काठमाडौँ / युनिभर्सल थट कन्सल्ट (यूटीसी)को आयोजनामा ‘नवौँ म्यानेजमेन्ट एण्ड आईटी एजुकेसन फेयर २०२४’ हुने भएको छ । यूटीसीले कक्षा १२ को परीक्षा दिएर विश्वविद्यालय शिक्षामा व्यपस्थापन र सूचना प्रविधि संकाय तर्फ कुन विषय कहाँ पढ्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई लक्षित गरेर एक दिने शैक्षिक मेलाको आयोजना गर्ने जनाएको हो।

    यूटीसीले  साउन २१ गते सोमबारका दिन काठमाडौँको अन्नपूर्ण होटलमा विहान ९ बजे देखि ५ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । मेलाका संयोजक प्रकाश ढकालका अनुसार मेलामा ३० भन्दा बढी म्यानेजमेन्ट, आईटी र हस्पिटालिटी अन्तर्गतका विषय अध्यापन हुने कलेजहरूको सहभागिता रहनेछ । 

    ईन्ट्रडक्सन ट्रेड सोज नेपाल प्रा.लि.ले मेलाको व्यवस्थापन गर्नेछ भने मेलालाई प्रेसिडेन्सियल ग्राजुएट स्कुलले मूख्य प्रायोजन गरेको छ। त्यस्तै, फेयर एक्सप्रेस म्यागजिन पार्टन रहेको उक्त मेलाको प्रायोजकहरूमा टेक्सपायर कलेज, एमआईटी, टेक्सस, आईआईएमएस, किस्ट, एभरेष्ट, किङ्स, केएमसी र ईम्पेरियल विजनेस कलेज रहेका छन्।

    मेलामा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। मेलामा सहभागी हुने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था हुनुको साथै विभिन्न आकर्षक उपहार, मुभी टिकट, लक्कि ड्र को व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    मेलामा ‘रक हेड्स ब्यान्ड’को साँगितिक प्रस्तुती मुख्य आकर्षणको रूपमा रहनेछ। मेलामा सहभागी हुन मेलाको घोषणा भएको पहिलो दुई दिनमै पाँच हजार विद्यार्थीले प्रवेशपास लिइसकेको हुँदा मेलामा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गर्ने आयोजकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार