images
images

मन्त्रिपरिषद्ले पायो पूर्णता, कांग्रेस र नाउपाबाट तीन जना राज्यमन्त्री

मन्त्रिपरिषद्ले पायो पूर्णता, कांग्रेस र नाउपाबाट तीन जना राज्यमन्त्री

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • मन्त्रिपरिषद्ले पायो पूर्णता, कांग्रेस र नाउपाबाट तीन जना राज्यमन्त्री
    images
    images

    काठमाडौँ / केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । 

    शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

    राष्ट्रपति पौडेलले कांग्रेसका प्रतिनिधि सभा सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक तथा नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । 

    राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा चौधरी, विक र तामाङलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो । 

    चौधरीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन, विकले वन तथा वातावरण, तामाङले ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् । गत असार ३१ गते ओलीको नेतृत्वमा गठित मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार