images
images

हिमालयन बैंकको स्वयम्भु शाखा-२ बालाजुमा स्थानान्तरण

हिमालयन बैंकको स्वयम्भु शाखा-२ बालाजुमा स्थानान्तरण

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • हिमालयन बैंकको स्वयम्भु शाखा-२ बालाजुमा स्थानान्तरण

    काठमाडौँ / हिमालयन बैंकले स्वयम्भु शाखा-२ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिकामा स्थानान्तरण गरेको छ ।

    images
    images
    images
    images

    हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये स्वयम्भु शाखा-२ लाई बालाजु चोकमा स्थानान्तरण गरी बालाजु शाखाबाट बैंकिङ सेवा प्रदान गरी सोमबारदेखि सञ्चालनमा ल्याएको हो । 

    बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका हुन् । 

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटिएम,  ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार