images
images

महासंघद्वारा सहकारीको समसामायिक विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण, ‘नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रीत हुनुपर्ने’

महासंघद्वारा सहकारीको समसामायिक विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण, ‘नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रीत हुनुपर्ने’

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • महासंघद्वारा सहकारीको समसामायिक विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण, ‘नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रीत हुनुपर्ने’

    काठमाडौँ / राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारीकर्मीको टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहकारीको समसामायिक विषयमा जानकारी गराएको छ । 

    images
    images
    images
    images

    महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको पछिल्लो अवस्था र यसमा देखिएको चुनौती समाधानका लागि तत्काल गर्नुपर्ने र दिर्घकालिन रुपमा गर्नुपर्ने विषयमा जानकारी गराएकी थिइन् । 

    प्रधानमन्त्री ओलीले सहकारीलाई विशेष महत्व दिएर जानकारी लिदै यसको विषयमा छलफल गर्ने बताएका थिए । 

    महासंघका अध्यक्ष मल्लले सहकारी ऐन २०७४ मा रहेको कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण, बचत तथा कर्जा सुरक्षण कोष गठन गर्ने विषय तत्काल कार्यन्वयन गरेर सहकारीमा देखिएका समस्या समाधान गर्नुपर्ने बताइन् । 

    त्यसैगरी सहकारीलाई सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, सहकारीको तथ्यांक संकलन र प्रभावकारी नियमन अनुगमन र प्रबद्र्धनमा केन्द्रीत हुनुपर्नेमा जोड दिएकी थिइन् । 

    उनले सहकारी प्रबर्धन कोषलाई परिचालन गर्न सकेमा महासंघ बलियो हुने बताइन् । त्यसैगरी सहकारीबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने दुस्प्रचार फैलाएका कारण समेत समस्या आएकाले अहिले सडकदेखि सदनसम्म सहकारीको विषय उठेको बताइन् । 

    सहकारीको पुँजी परिचालन गर्नका लागि करिब ४७ वटा ऐन बाधक रहेकाले तीनीहरुको संशोधन गर्नुपर्ने बताइन् । 

    पूर्व मन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडालले सहकारीको विषयमा प्रधानमन्त्री, अर्थ मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीलाई एकै ठाउँमा राखेर विशेष अन्तक्रिया गर्नुपर्ने, तीनवटै तहका सरकारलाई सहकारीको विषयमा संविधानमा उल्लेख भएको विषयलाई समावेश गरेर निर्देशन गर्नुपर्ने, केहि नेपाल ऐन संशोधनमा सहकारीलाई नचिन्ने ऐनहरु सशोधन गर्नुपर्ने र सहकारी ऐन २०७४मा उल्लेख रहेका कर्जा असुली न्यायधिकरण, कर्जा सुचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष तत्काल कार्यन्वयन गर्नुपर्ने भएको भन्दै सरकारसँग विशेष अनुरोध गरिन् । 

    महासंघका पुर्व अध्यक्ष तथा पूर्व राज्यमन्त्री दिपकप्रकाश बाँस्कोटाले सहकारीको विषयमा राष्ट्रिय सहकारी विकास बोर्ड, नेपाल राष्ट्र बैंकसहितको छलफल आवश्यकता रहेको औल्याए । 

    महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेलले सहकारी ऐनका प्रावधान कार्यन्वयन गर्न सकेको खण्डमा सहकारीका चुनौती समाधान हुने बताए । 

    सो भेटमा महासंघका अध्यक्ष ओमदेवी मल्लले प्रधानमन्त्री वलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन समेत गरेका थिए । 

    भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, उपाध्यक्षद्वय डिबी बस्नेत, इन्दिरा पन्त, महासंघका संचालकहरु, टेकप्रसाद चौलागाई, काशिरचन्द्र बराल, परितोष पौडेल, प्रेम सुवेदी, सुमन नेपाल,  लेखा समिति सदस्य हेमकुमारी अधिकारी, नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक सिता ढकाल, राष्ट्रिय सहकारी बैंकका संचालक रामहरि बजगाई, महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री गुरागायं, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष सुमन केसी, कास्कुनका अध्यक्ष दिपक पनेरु, धुर्व रायमाझीलगायत थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार