images
images

‘नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ’

‘नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ’

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • ‘नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ’

    काठमाडौँ / नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिने बताएका छन् । 

    images
    images
    images
    images

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद थापाले नेपाली दुग्ध किसानको समस्य हल गर्न कृषिमन्त्री राधेश्याम अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई सुझाव दिँदै नेपाली दुग्ध किसानले उत्पादन गरेको दूध बंगलादेश र चिनियाँ बजारमा निर्यात गर्न सकिने बताएका हुन् । 

    ‘हाम्रो निजी साथीहरूले जुन मिहिनेत गर्नु भएको छ, यसका लागि कृषिमन्त्री र उद्योगमन्त्रीले थोरै पहल गरेर निर्णय गर्ने हो भने हाम्रो दूधका लागि बजार खुल्छ,’ उनले भने ।

    उनले नेपाली किसानले दूध बढी उत्पादन गरेको बेलामा बंगलादेश र चीनमा निर्यात गर्न सके किसानहरूले मूल्य धेरै पाउन सकिने बताए । यसका लागि दुवै जना मन्त्रीले थोरै ध्यान दिन सके यो काम सम्भव रहेको उनले बताए ।

    सांसद थापाले रासायानिक मल वितरण र वन्यजन्तुले बालीमा पुर्‍याएको क्षतिको विषयमा कृषिमन्त्रीको ध्यानाकर्षण समेत गराए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार