images
images

ऊर्जामन्त्रीसँग सांसदको प्रश्नोत्तर–महाकाली सिँचाइ आयोजनाको प्रगति कस्तो छ ?

ऊर्जामन्त्रीसँग सांसदको प्रश्नोत्तर–महाकाली सिँचाइ आयोजनाको प्रगति कस्तो छ ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • ऊर्जामन्त्रीसँग सांसदको प्रश्नोत्तर–महाकाली सिँचाइ आयोजनाको प्रगति कस्तो छ ?

    काठमाडौँ / ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना समयमै सम्पन्न हुने दाबी गरेका छन् । 

    images
    images
    images
    images

    बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदसँग मन्त्रीको प्रश्नोत्तर कार्यक्रममा सांसद मदनकुमारी साह (गरिमा) ले महाकाली सिँचाइ आयोजनाअन्तर्गत मूल र सहायक नहरको कामको प्रगति के कस्तो छ भनेर प्रश्न गरेकी थिइन् । 

    त्यसको जवाफ दिने क्रममा मन्त्री खड्काले आयोजनामा भइरहेको कामको प्रगति र आर्थिक अवस्थाबारे जानकारी दिँदै उक्त आयोजनका लागि यो वर्ष १ अर्ब १४ करोड रकम विनियोजन भएको बताए । 

    उनले ठेक्कामा कुल ३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको र त्यसका लागि पैसाको केही अभाव रहेपनि स्रोत सुनिश्चितता गरेर काम अघि बढाउने सरकारको योजना रहेको बताए । 

    उनले जग्गा प्राप्ति र वनको समस्या भएपनि त्यसको समाधान गर्न रुख कटानका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले त्यो समस्या समाधान भएको बताए । 

    त्यस्तै उनले आयोजना अन्तर्गत ७ हजार रुख कटान गर्नुपर्ने देखिएको बताए । लागत समस्याबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको र चाँडै स्रोत सुनिश्चितता गर्ने भएकाले आर्थिक समस्या पनि रहन नदिनेतर्फ सरकार सचेत रहेको दाबी गरे । 

    उक्त नहर नेपाल र भारत दुवैतिर निर्माण हुने भएकाले भारतसँग कुराकानी भइरहेको तथा समयमै सम्पन्न गर्नेमा सरकार दृढ रहेको पनि मन्त्री खड्काले जानकारी दिए । 

    आयोजना अन्तर्गतको नहरबाट नेपालतिर १० क्युमेक पानी छोड्नेमा तलमाथि नहुने भन्दै उनले हेडवक्र्सको काम सम्पन्न भइसकेकाले भारत र नेपालबिच सल्लाह गरेर चाँडै उद्घाटन हुने बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार