images
images

१२ वर्ष कतार बसे, अहिले गाउँमै सुरु गरे डेढ करोड लगानीमा कुखुरापालन

१२ वर्ष कतार बसे, अहिले गाउँमै सुरु गरे डेढ करोड लगानीमा कुखुरापालन

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • १२ वर्ष कतार बसे, अहिले गाउँमै सुरु गरे डेढ करोड लगानीमा कुखुरापालन
    images
    images

    बागलुङ / १२ वर्ष कतारमा श्रम गरेर स्वदेश फर्किएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन् । ६ हजार कुखुरा पाल्न मिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरिरहेका छन् ।

    एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ । फार्ममा गाई र बाख्रा पनि पालिएको छ । उनले यसरी काम थालेको पाँच वर्ष भयो । सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका छन् ।

    “कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, ६ महिनासम्म हुर्काएका कुखुराले फुल पार्न थालेपछि आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्र गर्ने हो, बजार अस्थिर छ ।

    अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन । अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु”, उद्यमी शर्माले भने । उनको फार्ममा यतिबेला प्रत्यक्ष रूपमा चार जनाले रोजगारी पनि पाएका छन् ।

    यहाँबाट हाल दैनिक तीन हजार अण्डा बागलुङमा खपत हुने गरेको शर्मा बताउँछन् । तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन रु २५ लाख लाग्ने भन्दै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना सुनाए । हालसम्म सबै खर्च जोड्दा १ करोड ५० लाख लगानी पुगेको शर्माको भनाइ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार