images
images

भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

भदौ महिनाका लागि १२ वटा बैंकहरूले ब्याजदर घटाएका छन् भने ६ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • भदौ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

    काठमाडौँ / भदौ महिनाको लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार भदौ महिनाको लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् । 

    images
    images

    भदौ महिनाका लागि १२ वटा बैंकहरूले साउन महिनाको तुलनामा घटाएका छन्। भने ६ बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएर ब्याजदर कायम गरेका छन्।

    भदौ महिनामा दुई वटा बैंकले मात्र ब्याजदर गत महिनाको तुलनामा बढाएका छन्। भदौ १ गतेदेखि लागू हुने गरी वाणिज्य बैंकहरूले औसतमा मुद्दती निक्षेपको ब्याजदर ०.१७ प्रतिशतले घटाएका हुन्।

    कुन बैंकको ब्याजदर कति ? 

    भदौ महिनामा प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत र सिटिजन्स बैंकले ०.४ प्रतिशतले ब्याजदर बढाएका छन्। दुवै बैंकको साउनमा ६.५ प्रशित ब्याजदर थियो। भने भदौमा प्राइम कमर्सियल बैंक ६.७५ प्रतिशत र सिटिजन्स बैंक ६.९ प्रतिशत ब्याजदर तोकेका छन्।

    यस्तै, भदौ महिनाका लागि नेपाल बैंकले साउनका तुलनामा औसत १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ। गत महिना यस बैकको ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो। यस बैंकले भदौका लागि ५.२५ प्रतिशत ब्याजदर तोकेको छ। 

    नेपाल एसबिआई बैंकले पनि ०.५ प्रतिशत घटाएर ६.२५ प्रतिशत कायम गरेको छ। भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएर ६.६ प्रतिशत कायम गरेको छ। यता एनआइसी एशिया र एनएमबि बैंकले पनि ०.१२ प्रतिशत बिन्दुले घटाएर ७.४१ प्रतिशत ब्याजदर तोकेका छन्।

    यस्तै, प्रभु बैंकले पनि ०.९ प्रतिशत बिन्दुले घटाएर ६.१ प्रतिशत ब्याजदर तोकेको छ। गत महिना यस बैंककको ७ प्रतिशत ब्याजदर थियो। 

    यता, भदौ महिनामा सानिमा बैंकले पनि ०.२ प्रतिशत, सिद्धार्थले ०.२५ प्रतिशत र एभरेष्टले ०.२ प्रतिशत बिन्दुले घटाएर क्रमशः ६.२ प्रतिशत, ६.५ प्रतिशत र ६.१ प्रतिशत ब्याजदर तोकेको छ।

    साथै राष्ट्रिय वाणिज्य बैंकले ०.१४ प्रतिशत, कृषि विकास बैंकले ०.२३ प्रतिशत घटाएर क्रमशः ६.०७ प्रतिशत र ६.०६ प्रतिशत ब्याजदर तोकेका छन्। 

    स्ट्याण्डर्ड चार्टर्ड, माछापुच्छ्रे, ग्लोबल आइएमई बैंक, कुमारी, लक्ष्मी सनराइज र नबिल बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएर ब्याजदर निर्धारण गरेका छन्। 

    साउन महिनामा यी बैंकको ब्याजदर औसतमा ६.७४ प्रतिशतमा थियो। भदौ महिनामा पनि यी छ वटा बैंकले त्यही ब्याजदर तोकेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार