images
images

वार्षिक सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको लाइसेन्स नवीकरण गर्दै सरकार

वार्षिक सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको लाइसेन्स नवीकरण गर्दै सरकार

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • वार्षिक सय जना कामदार पठाउन नसक्ने मेनपावर व्यवसायीको लाइसेन्स नवीकरण गर्दै सरकार
    images
    images

    काठमाडौँ / सरकारले लगातार दुई आर्थिक वर्षमा पनि १०० जनालाई वैदेशिक रोजगारीमा पठाउन नसकेका संस्था (म्यानपावर) को लाइसेन्स नवीकरण गरिदिने भएको छ।

    मन्त्रिपरिषदको बिहीबार (साउन ३१ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ गरी लगातार दुई वर्षसम्म वार्षिक १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीहरुको लाइसेन्स नवीकरण गरिदिने निर्णय गरेको हो।

    आर्थिक वर्ष २०८१/८२ का लागि अन्तिम एकपटकका लागि लाइसेन्स नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय सरकारले गरेको छ।

    यसअघि लगातार दुई आर्थिक वर्षमा वार्षिक १०० जनालाई पनि वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावरको लाइसेन्स रद्द गर्ने व्यवस्था रहेको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार