images
images

२ करोड ७१ लाख खर्चेर बागलुङको बोङ्‍गाखोलामा पक्की पुल निर्माण, साना तथा मझौला सवारीसाधन चल्न मिल्ने

२ करोड ७१ लाख खर्चेर बागलुङको बोङ्‍गाखोलामा पक्की पुल निर्माण, साना तथा मझौला सवारीसाधन चल्न मिल्ने

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • २ करोड ७१ लाख खर्चेर बागलुङको बोङ्‍गाखोलामा पक्की पुल निर्माण, साना तथा मझौला सवारीसाधन चल्न मिल्ने
    images
    images

    बागलुङ / तमानखोला गाउँपालिका-१ बोङ्‍गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल २ करोड ७१ लाख २७ हजार ९ सय ६४ रुपैयाँमा निर्माण भएको छ।

    तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्‍गाखोलामा पुल निर्माण भएको बताए।

    गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए। गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार ९ सय २६ रुपैयाँको लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिए।

    चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए।

    'ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई ६० लाख भुक्तानी गर्न बाँकी  छ' विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार