images
images

देशको एक वर्षको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?, हेर्नुस् राष्ट्र बैंकको तथ्याङ्क (पूर्णपाठसहित)

देशको एक वर्षको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?, हेर्नुस् राष्ट्र बैंकको तथ्याङ्क (पूर्णपाठसहित)

शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ ।

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • देशको एक वर्षको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो छ ?, हेर्नुस् राष्ट्र  बैंकको तथ्याङ्क (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । 

    images
    images
    images
    images

    आइतबार सार्वजनिक एक वर्षको तथ्यांकसहितको उक्त रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।

    यस्तै आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो।

    बैंकका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । 

    यस्तै शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा हुँदा ुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले जनाएको छ । 

    यस्तै विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढ्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।

    हेर्नुस् पूर्णपाठसहित

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार