images
images

पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल, विस्तारको समयमा विमानस्थल सञ्चालनको समयावधि बढाउन माग

पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल, विस्तारको समयमा विमानस्थल सञ्चालनको समयावधि बढाउन माग

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • पर्यटन मन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल, विस्तारको समयमा विमानस्थल सञ्चालनको समयावधि बढाउन माग

    काठमाडौं / नेपाल उद्योग परिसंघ (सीएनआई) ले विस्तारको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि थप गर्न माग गरेको छ । आइतबार सीएनआईको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसँग भेट गर्दै विमानस्थललाई दैनिक १६ घण्टासम्म चलाउन माग गरेको हो । 

    images
    images
    images
    images

    सरकारले धावनमार्ग विस्तारसम्बन्धी कामका लागि आगामी कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने निर्णय गरेको छ । कात्तिक २३ देखि चैत १८ सम्म पाँच महिना राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुनेछ । सीएनआई पर्यटन समिति सदस्य रवीचन्द्र सिंहले पर्यटकीय मौसम भएकाले विमानस्थल सञ्चालनको समयावधि १४ बाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे ।

    उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर पर्यटकीय मौसममै लामो समय विमानस्थल बन्द गर्न लागेको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण गराए । नेपालको हवाई टिकटको मूल्य महंगो भएकोले पनि लक्ष्य अनुरुप पर्यटक भित्र्याउन गाह्रो भएको उनले बताए 

    मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाँडै आउने र थुप्रै नीतिगत समस्या समाधान हुने पाण्डेले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार