images
images

उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशतमा सिमित, तलब तथा ज्यालादर सूचकाङ्क ५.०९ प्रतिशतले बढ्यो

उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशतमा सिमित, तलब तथा ज्यालादर सूचकाङ्क ५.०९ प्रतिशतले बढ्यो

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशतमा सिमित, तलब तथा ज्यालादर सूचकाङ्क ५.०९ प्रतिशतले बढ्यो
    images
    images

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको देखाएको हो । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको छ ।

    साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको
    ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।

    खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति

    आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.६२ प्रतिशत रहेको थियो । 

    २०८१ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । २०८० असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।

    गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति 

    आर्थिक वर्ष २०८०/८१ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ८.६२ प्रतिशत रहेको थियो । २०८१ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१५ प्रतिशत रहेको छ । २०८०
    असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.४८ प्रतिशत रहेको थियो ।

    क्षेत्रगत उपभोक्ता मुद्रास्फीति

    आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५५ प्रतिशत, ८.०० प्रतिशत, ७.५६ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो ।

    २०८१ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९२ प्रतिशत, तराईको ३.२१ प्रतिशत, पहाडको ३.७७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०८० असार महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.७० प्रतिशत, ७.४८ प्रतिशत, ६.९८ प्रतिशत र ८.१९ प्रतिशत रहेको थियो ।

    नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति

    २०८१ असार महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । सन् २०२४ जुलाई महिनामा भारतको यस्तो मुद्रास्फीति ३.५४ प्रतिशत रहेको छ ।

    थोक मुद्रास्फीति

    आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत थोक मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ८.४७ प्रतिशत रहेको थियो । २०८१ असार महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४१ प्रतिशत रहेको छ । २०८० असार महिनामा यस्तो मुद्रास्फीति ४.९८ प्रतिशत रहेको थियो ।

    तलव तथा ज्यालादर सूचकाङ्क

    आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ५.०९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको थियो ।

    २०८१ असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएको छ । २०८० असार महिनामा यस्तो सूचकाङ्क ८.७१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ४.२९ प्रतिशतले वृद्धि भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार