images
images

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, चालु खाता बचत २ खर्ब २१ अर्ब पुग्यो

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, चालु खाता बचत २ खर्ब २१ अर्ब पुग्यो

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा, चालु खाता बचत २ खर्ब २१ अर्ब पुग्यो

    काठमाडौँ / चालु खाता एवम् शोधनान्तर स्थिति दवै बचतमा रहेको छ । 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजजिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आर्थिक वर्ष २०८०/८१ मा चालु खाता २ अर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ ।

    समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रहेको थियो ।

    समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार