काठमाडौँ / नेपाली बजारमा रेकर्ड मूल्यबाट सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको रेकर्ड मूल्यबाट ३०० रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ। आइतबार सुनको मूल्य १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १० रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।