images
images

यशोदा फुड्सले भन्यो – अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन, दुष्प्रचार गरियो

यशोदा फुड्सले भन्यो – अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन, दुष्प्रचार गरियो

सोमवार, भदौ ३ २०८१
सोमवार, भदौ ३ २०८१
  • यशोदा फुड्सले भन्यो – अदालतले करेन्ट चाउचाउको बिक्रीमा रोक लगाएको छैन, दुष्प्रचार गरियो

    काठमाडौँ / करेन्ट चाउचाउको उत्पादन तथा बिक्री वितरण गर्दै आएको यशोदा फुड्स प्रा.लि.ले अदालतले करेन्ट चाउचाउको बिक्री वितरणमा रोक नलगाएको जनाएको छ । 

    images
    images
    images
    images

    सर्वोच्च अदालतले साउन ३२ गते ‘कानुन बमोजिम गर्नू’ भनी दिएको आदेशको गलत व्याख्या गरी दुष्प्रचार गरेको कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

    यशोदा फुडसले उद्योग विभागबाट ट्रेडमार्क, लेबल दर्ता गरी नियम बमोजिम इजाजत प्राप्त लेबलहरूमा मात्र उत्पादर्नै आएको छ । 
    यस्तैगरी उद्योगले सयौ लेवल तथा ट्रेडमार्क दर्ताको लागि उद्योग विभागमा आवेदन गर्ने गरिएकोमा माथि उल्लेख भएको एक लेबल दर्ताको क्रममा विपक्षीले विरोध गरेकोले सो एक आवेदन नम्बरको लेबलका विषयमा हाल कुनै कारवाही नभएको कम्पनीले जनाएको छ । 

    कम्पनीले भनेको छ, “उच्च अदालतले सुरु उद्योग विभागको निर्णय कार्यान्वन नगरी यथा स्थितीमा राख्नु भनि गरेको आदेशलाई यशोदा फुडसले उक्त आवेदन नम्बर ०९८२२९ को लेबलबाट कुनै मालवस्तु उत्पादन नगरी उद्योग विभागबाट प्राप्त सँलग्न ट्रेडमार्क दर्ता प्रमाणपत्र बमोजिमका लेबलको मात्र मालबस्तु उत्पादन गरी आएको छ ।” 

    उक्त विषयलाई गलत व्याख्या गरी विक्री वितरणमै रोक लगाएको र बजारमा गएको सामान समेत फिर्ता लिनुपर्ने भन्ने भ्रामक समाचारमा कुनै सत्यता नरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    हल्लाको पछाडि नलागी निर्वाद रूपमा हाम्रा उत्पादनहरू बिक्री वितरण गर्न तथा उपभोग गर्न समेत उपभोक्ता व्यापारी तथा डिलरहरूलाई अनुरोध गरेको छ । 

    यशोदा फुड्स प्रा.लि.ले करेन्ट नामको  ट्रेडमार्क, लेबल समेत उद्योग विभागबाट वर्ग ३० मा दर्ता गरी प्रमाणपत्र लिई प्रचलित कानून भित्र रहेर विभिन्न स्वादका चाउचाउ, लगायतका वस्तु उत्पादन गर्ने नेपालकै प्रतिष्ठित उद्योग हो । प्रयोग भइरहेका ट्रेडमार्कको उद्योग विभागबाट विभिन्न मितिमा, लेबल डिजाइन ट्रेडमार्क दर्ता प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

    “यशोदा फुडसले उद्योग विभाग समक्षमा आवेदन नं. ०९८२२९ बाट करेन्ट रेगुलर २० रुपैयाँमा बिक्री गर्ने चाउचाउको ५ प्याक भनि लेबल दर्ताका लागि आवेदन गरिएकोमाnotes current.JPG सिजी फुड्स (नेपाल) प्रा.लि.ले सो लेबलमा उत्पादन तथा विक्री वितरणमा रोक लगाई पाऊँ भनी उद्योग विभागमा दिएको रहेछ,” कम्पनीले भनेको छ, “सो निवेदनमा उद्योग विभागले सिजी फुडसको दावी नपुग्ने र यशोदा फुडसले दर्ता माग गरेको ट्रेडमार्क दर्ता हुने भनी २०८० जेठ २९ मा गरेको फैसला उपर सिजी फुड्सले सम्मानित उच्च अदालत पाटनमा पुनः उक्त आवेदनको लेबलको चाउचाउको उत्पादन बिक्री वितरण रोकी पाउन अन्तरकालीन आदेश माग गरी दायर गरेको निवेदनमा सम्मानित उच्च अदालत पाटनको संयुक्त इजालसले सुनुवाई गर्दै ‘यस अदालतबाट विवादित विषयमा अर्थात् विपक्षीले दर्ता माग गरेको आवेदन नं. ०९८२२२ मा उल्लिखित ट्रेडमार्कका हकमा सुरु तहले गरेको निर्णयको न्यायिक परीक्षण भई अन्तिम टुङ्गो लाग्न समेत बाँकी रहेको अवस्था हुँदा उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौँबाट मिति २०८०-०२-२९ मा भएको निर्णय प्रस्तुत मुद्दाको फैसला नहुँदासम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न उपयुक्त हुने देखिन आयो ।’’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार